Browsing monthly archive

११ महिना अगाडि

काठमाडौं – नेपाल सरकारको निर्णयअनुसार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको हो। उनलाई हटाउने कारणबारे सरकारले आधिकारिक रूपमा स्पष्ट जानकारी दिएको छैन। घिसिङ २०७३ सालमा पहिलो पटक प्राधिकरणको प्रमुख बनेका थिए। उनले आफ्नो कार्यकालमा लोडसेडिङ अन्त्य गर्दै नेपाललाई विद्युत् आपूर्तिमा आत्मनिर्भर बनाएका थिए। उनको नेतृत्वमा प्राधिकरणले उल्लेखनीय सुधार गर्दै नाफामा गएको थियो। दोस्रो कार्यकालमा पनि उनले विद्युत् व्यापार र प्रसारण प्रणालीको सुधारमा विभिन्न महत्वपूर्ण परियोजनाहरू अगाडि बढाएका थिए।

Read more