Online News Portal of Nepal
After Header

अनलाइन सञ्चारमाध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने तयारी

काठमाण्डौं/ सरकारले अनलाइन सञ्चारमाध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने तयारी थालेको छ । सञ्चारगृहका रूपमा व्यवस्थित तरिकाले चलाइएका अनलाइन सञ्चारमाध्यमलाई वर्गीकरण गरेर विज्ञापन उपलब्ध गराउन अध्ययन थालिएको प्रेस काउन्सिल नेपालले जनाएको छ ।

रूपन्देहीमा आयोजित एक कार्यक्रममा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले चाँडै नै यसबारे निर्णय हुने जनाए । यसअघि भदौ २५ मा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले संघीय संसद्‌मा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयक मार्फत अनलाइन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने घोषणा गरेका थिए ।