Online News Portal of Nepal
After Header

ककनी गाउँपालिका LISA कार्यविधिमा प्रथम स्थान प्राप्त, अध्यक्ष सुमन तामाङ सम्मानित

नुवाकोट जिल्लाको ककनी गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) कार्यविधि, २०७७ अन्तर्गत आर्थिक वर्ष २०७९/०८० मा प्रथम स्थान हासिल गर्न सफल भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा गरिएको गुणस्तर मूल्याङ्कनपछि जिल्लाका १२ स्थानिय तहहरूमध्ये ककनी गाउँपालिकाले यो महत्त्वपूर्ण उपलब्धि प्राप्त गरेको हो।

यस अवसरमा आयोजित आ.व. २०८०/०८१ को वार्षिक प्रगति समिक्षा कार्यक्रममा ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङलाई विशेष सम्मान प्रदान गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि, प्रतिनिधि सभा सदस्य माननीय हित बहादुर तामाङ को उपस्थितिमा अध्यक्ष सुमन तामाङले सम्मान पत्र ग्रहण गर्नुभएको हो।

वक्ताहरूले ककनी गाउँपालिकाको प्रगतिको प्रशंसा गर्दै अध्यक्ष तामाङको नेतृत्वमा भविष्यमा अझ उत्कृष्ट कार्य सम्पादनको अपेक्षा व्यक्त गरे। LISA कार्यविधिका प्रतिस्पर्धात्मक सूचकहरूले पालिकाहरूबीच तुलनायोग्यता बढाउने भएकाले, यसले विकास, सुशासन, र संस्थागत क्षमतामा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको थियो। यो सम्मानले ककनी गाउँपालिकालाई विकास र सुशासनको यात्रामा थप प्रेरणा प्रदान गरेको छ।