Online News Portal of Nepal
After Header

काठमाडौं देखि चितवन सम्मको यात्रा अब १ घण्टामै द्रुतमार्ग निर्माण

काठमाण्डौं/ सरकारले काठमाडौं देखि चितवनको सडकमार्गको दूरी एक घण्टामा सीमित गर्नका लागि द्रुतमार्ग निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यसका लागि पहिलो चरणमा निजी क्षेत्रको लगानीमा चन्द्रागिरि, चित्लाङ, पालुङ हुँदै चितवन पुग्ने पहिलो चरणमा निर्माण गरिने बताए ।

दोस्रो चरणमा चितवन–रामपुर–बुटवल र चितवन–रामपुर–पोखरा द्रुतमार्ग निमार्ण गर्नका निजी क्षेत्रको लगानीमा निर्माण गर्न लगानी बोर्डमार्फत् प्रक्रिया अघि बढाइने उनले बताए । उनले मिर्चौया-लुक्ला-सगरमाथा द्रुतमार्ग समेत निजी क्षेत्रबाट निर्माण गरिने समेत बताए । मध्यपहाडी राजमार्गबाट जुम्ला, रारा, छाँयानाथ र लिमीसम्म नयाँ प्रविधिमा आधारित पर्यटन मार्गका लागि निजी क्षेत्रको लगानीमा निर्माण गरिने उनले बताए ।