Online News Portal of Nepal
After Header

गम्भीर रोगका बिरामीलाई औषधि उपचारका लागि मासिक ५ हजार उपलब्ध गराउने सरकारको निर्णय

काठमाण्डौं/ गम्भीर रोगका बिरामीलाई औषधि उपचारका लागि  मासिक ५ हजार उपलब्ध गराउने सरकारको निर्णय कार्यान्वयनमा आउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चैत १३ को मन्त्रीस्तरको सो रकम उपलब्ध गराउन कार्यविधि बनाएसँगै निर्णय कार्यान्वयनको बाटो खुलेको हो।

अब मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीले औषधि उपचारबापत मासिक ५ हजार पाउनेछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा देशभरका ७५३ स्थानीय तहबाट उक्त रकम उपलब्ध गराउन कार्यविधि कार्यान्वयनका लागि पत्राचार गरिसकेको छ।