Online News Portal of Nepal
After Header

निर्वचन आयोगले आसन्न स्थानीय तह निर्वाचनमा पर्यवेक्षणमा भाग लिन इच्छुक संस्थालाई निवेदन पेश गर्न आह्वान

काठमाण्डौं/ निर्वचन आयोगले आसन्न स्थानीय तह निर्वाचनमा पर्यवेक्षणमा भाग लिन इच्छुक संस्थालाई निवेदन पेश गर्न आह्वान गरेको छ । विगतको अभ्यास र अन्तर्राष्ट्रिय प्रचलन समेतका आधारमा राष्ट्रिय संस्थाहरुलाई मात्र पर्यवेक्षण गर्न अनुमित दिने आयोगले जनाएको छ । इच्छुकले चैत २७ गतेसम्म आवेदन दिइसक्नुपर्ने छ ।

पर्यवेक्षण अनुमतिका लागि निवेदन दिन आयोगमा रहेको निर्वाचन पर्यवेक्षण श्रोत केन्द्रबाट युजरनेम र पासवर्ड प्राप्त गर्नुपर्ने बताइएकाे छ ।  युजरनेम र पासवर्ड प्राप्त गर्न पर्यवेक्षण गर्न चाहने संस्थाले संस्थाको आधिकारिक पत्र आयोगको ईमेल ठेगानामा पठाउनु पर्नेछ । उक्त पत्रको ढाँचा डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।

संस्थाले आयोगमा पेश गरेको पत्रमा उल्लेख गरिएको आधिकारिक ईमेलमा निर्वाचन पर्यवेक्षण श्रोत केन्द्रबाट युजरनेम र पासवर्ड पठाइने आयोगले जनाएको छ ।  प्राप्त युजरनेम र पासवर्ड प्रयोग गरी यहाँ लगईन गरी निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७८ को अनुसूची-२ बमोजिमका विवरण र कागजातहरु पेश गर्न सकिनेछ ।

प्राप्त कागजात अध्ययन गरी, पर्यवेक्षण अनुमतिको जानकारी संस्थाको आधिकारिक ईमेलमा पठाइने आयोगले जनाएकाे छ ।