Online News Portal of Nepal
After Header

मिर्गौला पिडितलाई मासिक ५ हजार उपलब्ध हुने

काठमाण्डौं/ मिर्गौला पिडितका लागि सरकारले १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ । आइतबार संघीय संसद्‍मा सरकारको आर्थिक वर्ष २०७९-८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रत्यारोपण गराएका र डायलसिस गराइरहेका व्यक्तिहरू, सबै किसिमका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूलाई औषधि उपचारका लागि मासिक ५ हजारका दरले उपलब्ध गराउने जनाएका छन् ।