Online News Portal of Nepal
After Header

रहेनन् ‘पदम बा’

काठमाडौँ — कलाकार पदमप्रसाद पौडेलको ९२ वर्षको उमेरमा निधन भएको छ । थुप्रै फिल्ममा ‘बाबु’को भूमिकामा देखिने पौडेल अभिनयको क्षेत्रमा ‘पदम बा’को रुपमा चिनिन्थे ।

कलाकार संघका वरिष्ठ उपाध्यक्ष रेजिना उप्रेतीका अनुसार पौडेल एक वर्षदेखि अस्वस्थ थिए । संखुवासभामा जन्मिएका पौडेलले टेलिश्रंखला ‘हिजो आजका कुरा’देखि ‘राजुराजाराम’, ‘चट्टान’, ‘राजधानी’, ‘म तिमीबिना मरिहाल्छु’, ‘चोर सिपाही’, ‘हामी तीन भाइ’, ‘मलामी’लगायत फिल्ममा अभिनय गरेका थिए। पौडेलका पत्नी देवकुमारी पौडेल, पाँच छोरा र दुई छोरी छन् । संखुवासभाका पहिलो पत्राकारका रुपमा पहिचान बनाएका पौडेलले पत्राकारिता, शिक्षण पेसामा अनुभव बटुलिसकेपछि अभिनय सुरु गरेका थिए । पौडेलको मंगलबार नै पशुपति आर्यघाटमा अन्त्योष्टि गरिएको परिवारका सदस्यहरूले जानकारी दिए ।