Online News Portal of Nepal
After Header

सिन्धुलिमा बस दुर्घटना ५ जनाको मृत्यु

सिन्धुलीमा बस दुर्घटना 5 जनाको ज्यान गयो घाइतेलाई उद्धार गरिँदै । ओखलढुंगाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस सिन्धुलीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

सिन्धुलीको फिक्कल गाउँपालिका कुहि भिरमा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी  राजकुमार सिलवालले जानकारी दिएका छन् ।

दुर्घटनामा परेर 5 जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी चिरञ्जीवी दाहालले बताएका छन् । उनका अनुसार बा2ख 7656 नम्बरको यात्रुबाहक बस भित्तामा ठोकिएर दुर्घटना भएको हो ।

अहिले उद्धारको काम भइरहेको छ । घाइतेहरुलाई उपचारका लागि काठमाडौँ पठाउने तयारी भएको उनले बताएका छन् ।