Online News Portal of Nepal
After Header

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुरामा दुर्घटना

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयर हेलिकोप्टर लामजुरामा दुर्घटना भएको छ । लिखु पिके गाउँपालिका–५ भकान्जेस्थित लामजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी छ ।

च्यानडाँडामा चौंरी गोठालाहरुले हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटेका छन् ।हेलिकोप्टर क्याप्टेन चेत गुरुङले उडाउनुभएको थियो ।

सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर सोमबार बिहान काठमाडौंका लागि उडेको मनाङ एयरको एनए–एमभी कलसाइन भएको हेलिकोप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको थियो ।