Online News Portal of Nepal
After Header

आज राति १२ बजेदेखि यही वैशाख ३० गतेसम्म मदिरा बिक्री वितरण निषेध

काठमाण्डौं/ काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले स्थानीय तहको निर्वाचनलाई ध्यान दिँदै मदिरा बिक्री वितरण तथा सेवनलाई निषेध गरेका छन् ।

ती कार्यालयले अलग अलग सूचना जारी गर्र्दै आज राति १२ बजेदेखि यही वैशाख ३० गतेसम्म मदिरा बिक्री वितरण तथा सेवनलाई निषेध गरेका हुन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले  आज राति १२ बजेदेखि वैशाख ३० गतेसम्म ललितपुर जिल्लाभरि मदिरा बिक्री र खुलारूपमा सेवन नगर्न नगराउने सार्वजनिक सूचना जारी गरी निर्देशन दिएको जानकारी दिए ।

जिल्लाका छवटै पालिकाका सुरक्षा निकायले पनि मदिरा बिक्री तथा सेवनलाई कडाइ गर्न सबै पालिकाका मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएको छ । भक्तपुर जिल्लामा पनि आज राति १२ बजेदेखि वैशाख ३० गतेसम्म कुनै पनि मदिरा बिक्री तथा सेवन निधेष गरेको प्रमुख जिल्ला अधिकारी रुद्रावेदी शर्माले जानकारी दिईन् ।

मदिरा बिक्री गरेको, सेवन गरेको पाइए कारबाही गरिने बताउँदै उनले मतगणना नसकिएसम्म मतगणनास्थल आसपासमा मदिरा बिक्री एवं सेवनमा रोक लगाएको उहाँले जानकारी दिईन ।  यसै गरी काठमाडौँ जिल्ला प्रशासन कार्यालयले पनि आज मध्यरातिदेखि ३० गतेसम्मका लागि मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाएको जानकारी दिएको छ ।

निर्वाचनको समयमा मदिरा सेवन बढ्न सक्ने र यसले शान्ति सुरक्षामा असर पार्न सक्ने भए पनि मदिराजन्य पदार्थ बिक्री एवं सेवनमा रोक लगाइएको भक्तपुरकी प्रजिअ शर्माले बताईन् ।