Online News Portal of Nepal
After Header

चैत १ देखि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन बन्द

यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै चैत १ देखि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन बन्द हुने जनाएको छ । अहिलेसम्म प्राप्त भएका आवेदनहरूको प्रक्रिया सकाउनुपर्ने भएकाले तत्कालका लागि नयाँ आवेदन बन्द गर्न लागिएको विभागका प्रवक्ता लोकनाथ भुसालले बताए ।

पुराना सबै काम सकाउने निर्णय भएका कारण कहिलेसम्म अनलाइन आवेदन बन्द हुने र कहिलेदेखि खुल्ने भन्ने विषयमा अहिले नै कुनै निर्णय नलिएको उनले बताए । विभागले सेवाग्राहीको सुविधाका लागि अनलाइन आवेदनको सुरुवात गरेको थियो ।

यो भन्दा अगाडि पनि अनलाइनबाट आवेदन फारम भर्नेको संख्या उल्लेख्य बढेपछि विभागले विहान १० देखि साझ ५ बजेभित्रको समयमा मात्र आवेदन भर्न नमिल्ने व्यवस्था गरेको थियो ।