Online News Portal of Nepal
After Header

नुवाकोट ककनिको स्ट्राबेरि उधमि छेसाङ तामाङ राष्ष्ट्रपति उत्कृ्ट कृषक पुरस्कारबाट सम्मानित

नुवाकोट का ३ र रसुवाका ३ उत्कृष्ट जम्मा ६ जना किसानलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रममार्फत् नगदसहित सम्मान गरिएको छ। दुई जिल्ला कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्रले यी दुई जिल्लाबाट छनोट गरिएका ३–३ जना किसानलाई विदुरमा नगद २० हजार रुपैयाँसहित प्रशंसापत्रले सम्मान गरेको हो ।

उत्कृष्ट हुने किसानमा नुवाकोटको ककनी गाउँपालिका २ बाट युवा स्ट्रबेरि उधमि अष्ट लाल तामाङ (छेसाङ तामाङ ), तिलकुमारी न्यौपाने बिदुर नगरपालिका–५ बाट साथै धनकुमारी गुरुङ शिवपुरी गाउँपालिका–१ बाट, ग्याल दोर्जे तामाङ रसुवा गोसाइँकुण्ड गाउँपालिका ६ बाट, हिरा बहादुर तामाङ रसुवा उत्तरगया गाउँपालिका २ बाट, पेम्वा तामाङ रसुवा नौकुण्ड गाउँपालिका ६ बाट रहेको कृषि ज्ञान केन्द्रका प्रमुख केशव खनालले जानकारी दिए ।

‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार जिल्लाबाट उत्कृष्ट भएका किसानलाई जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र विक्रमसिंह ठकुरी, नुवाकोटका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललगायतले सम्मान गर्दै कृषि बाट प्राप्त गरेको ‘उत्कृष्ट’ उपाधिलाई कायम राख्दै पेसालाई निरन्तरता दिन र अन्य युवा वर्गलाई कृषि कर्मप्रति आकर्षण हुने गरेर नमुना किसान बन्न सुझाव दिए ।

जिल्लाबाट छानिएका किसानलाई बाग्मती प्रदेशस्तरीय उत्कृष्ट किसान पुरस्कारका लागि सिफारिस गरिएको छ ।

प्रदेशबाट उत्कृष्ट भएमा केन्द्रीयस्तरीय प्रतिस्पर्धामा छनोट हुन पाइनेछ।