Online News Portal of Nepal
After Header

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण

काठमाण्डौं/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी ओर्लिएका छन् । उनी सोमबार बिहान साढे १० बजे भैरहवामा आइपुगेका थिए । त्यहाँ बाट उनी सिधै लुम्बिनीस्थित मायादेवी मन्दिरतर्फ लागेका छन् । उनी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नओर्लिएर भैरहवामा उनका लागि निर्माण गरिएको हेलिप्याडमा ओर्लिएका थिए ।

मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले हेलिप्याडमै पुगेर स्वागत गरेका थिए ।  नेपाल ओर्लिए लगत्तै मोदीले ‘बुद्ध जन्मस्थल आउन पाएकोमा खुसी भएको’ प्रतिक्रिया दिए । उनको स्वागतका लागि प्रधानमन्त्री देउवासहित सरकारका मन्त्रीहरु पनि लुम्बिनी पुगेका छन् ।