Online News Portal of Nepal
After Header

मध्यपुर थिमि बोडेका ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले नवौं पटक जिब्रो छेडाएका छन्

काठमाण्डौं/ भक्तपुरको मध्यपुर थिमि बोडेका ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले नवौं पटक जिब्रो छेडाएका छन् । तीन दिन अघिदेखि केही नखाई व्रत बसेका श्रेष्ठले शुक्रबार नवौ पटक जिब्रो छेडेका हुन्। व्रत बसेदेखि जिब्रो नछेडेसम्म सुत्नसमेत नहुने र जिब्रो छेड्दा पीडा नहोस् भनेर सात दिनअघिदेखि नै नूनसमेत नखाने गरिन्छ।

व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने गरिन्छ । जिब्रो छेड्ने पाँचो गणेशको पाटीमा पुगेपछि जात्राका नकर्मी नाइकेले उनको जिव्रो छेडिदिएका थिए। एक महिना अगाडिदेखि तयार पारेर तेलमा डुबाएर राखेको फलामको १० इञ्च लामो सुइरो जिब्रोमा छेडेने गरिन्छ ।