विराटनगर । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सुदूरपश्चिम प्रदेशमा मध्यावधि निर्वाचन हुने बताएकी छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले सुदूरपश्चिममा मध्यावधि निर्वाचन हुने बताइन् । उनले भनिन्, ‘भागबन्डा नमिल्दाको परिणाम स्वरूप सुदूरपश्चिममा सरकार फेरबदल भएको हो ।’
उनले राष्ट्रिय उन्मुक्ति पार्टीसँग समयमा शक्ति सन्तुलन भएको भए यो अवस्था नआउने तर्क गर्दै त्यहाँ राजनीतिक दल र मुख्यमन्त्री समेत चुकेको बताइन् ।यद्यपि नयाँ बनेको कांग्रेस नेतृत्वको सरकारलाई पनि राष्ट्रिय उन्मुक्ति पार्टीले विश्वासको मत नदिने बताइरहेको भन्दै उनले त्यहाँ मध्यावधि निर्वाचन हुने बताइन् । मन्त्री चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टी पुनः सरकारमा आउन सक्ने बताइन् । उनले भनिन्‘कुरा भइरहेको छ, उहाँहरू पुनः सरकारमा आउन सक्नुहुन्छ ।’