Online News Portal of Nepal
After Header

विदेशिएकी कमला बिकको १६ वर्षपछि परिवारसँग पुनर्मिलन

९ महिनाकी छोरी र ९ वर्षका छोरा छोडेर विदेशिएकी कमला बिकको १६ वर्षपछि परिवारसँग पुनर्मिलन

कमला बिकले ९ महिनाकी छोरी र ९ वर्षका छोरा छोडेर १६ वर्षअघि विदेश यात्रा सुरु गरेकी थिइन्। साउदी अरबमा रहँदा सुरुवाती दुई वर्षसम्म घरसँग सम्पर्कमा रहेकी कमलाको त्यसपछि अचानक सम्पर्क टुट्यो। त्यसयता, १६ वर्षसम्म आफ्नो परिवारसँगको सम्बन्ध विहीन भएपछि, उनले नेपाल फर्कने निर्णय गरिन्।
नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा भारी वर्षा भइरहेको थियो। घर फर्कन कुनै योजना नहुँदा र बाटो समेत नजान्दा, उनी केहीबेर अलमलिइन्।

त्यसपछि दुईजना सामाजिक कार्यकर्ता महिलाहरुले उनलाई सहयोग गर्ने भन्दै आफ्नो साथमा लिएर गइन्। तर, ती महिलाहरुले उनको पासपोर्ट, नागरिकता, लगायत सबै कागजात र साउदीबाट ल्याएको ३००० रियाल खोसेर, उनलाई पाँच दिनसम्म संस्थामा राखे।

पछि गाउँ पठाउने भनेर उनलाई ट्याक्सीमा चढाएर नयाँ बसपार्क पुर्‍याइयो। तर, बाटोमा अबरोध भएपछि, उनी मंगलमय गेस्ट हाउसमा पुगिन्। गेस्ट हाउसका साहुजीले उनलाई बस्न र खान सहयोग गरे। आफ्नो दुखद कहानी सुनाएपछि, साहुजीले तुरुन्त मिडिया बोलाएर ती महिलाहरुबाट पैसा फिर्ता गराइदिए र उनको परिवार खोज्ने काम सुरु गरियो।

अन्ततः, परिवारसँग पुनर्मिलनको प्रक्रिया सफलतापूर्वक सम्पन्न भयो। आज साझसम्म उनलाई लिन गाउँबाट आफन्त आइपुग्ने जानकारी प्राप्त भएको छ।