युट्युबले ५६ लाख भिडियो र ५ लाख अकाउन्ट डिलिट गर्यो
काठमाडौं – विश्वकै सबैभन्दा ठूलो भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबले हालै मात्र ५६ लाखभन्दा बढी भिडियो र ५ लाख अकाउन्ट डिलिट गरेको छ।
युट्युबका अनुसार, यी भिडियो तथा अकाउन्टहरू प्लेटफर्मका नीति उल्लङ्घन गर्ने किसिमका भएकाले हटाइएको हो। खासगरी, गलत जानकारी फैलाउने, घृणास्पद सामग्री भएका, हिंसा प्रोत्साहित गर्ने तथा स्प्याम जस्ता कारणले युट्युबले यी कदम चालेको जनाएको छ।
युट्युबले आफ्नो नीति अनुरूप अनावश्यक तथा नियम विपरीतका सामग्री हटाउने अभियान जारी राख्ने बताएको छ। यस कदमले युट्युबमा सुरक्षित तथा भरपर्दो सामग्री सुनिश्चित गर्ने कम्पनीको प्रयासलाई दर्शाउने विश्लेषकहरूको भनाइ छ।
युट्युब प्रयोगकर्ताहरूले पनि यस्ता हटाइएका सामग्रीबारे प्रत्यक्ष असर महसुस गर्न सक्नेछन्। कतिपय प्रयोगकर्ताले अकाउन्ट हटाइएपछि नयाँ नियमहरूबारे स्पष्टता खोजिरहेका छन्।
युट्युबले आफ्ना प्रयोगकर्ताहरूलाई कम्पनीका निर्देशिकाहरू पालना गर्न आग्रह गर्दै आएकाे छ। नीति उल्लङ्घन गर्ने सामग्री नियमित रूपमा हटाउने युट्युबको रणनीति आगामी दिनमा अझ कडा हुन सक्ने संकेत गरिएको छ।