Online News Portal of Nepal
After Header

शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय नेपाल राजपत्रमा प्रकाशित

काठमाण्डौं/ सातामा दुई दिन बिदा दिने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । जेठ १ देखि बिहान ९:३० बजेबाट अपरान्ह ५:३० बजेसम्म कार्यालय समय तोकिएको छ ।

कात्तिक १६ देखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९:३० देखि अपरान्ह ४:३० बजेसम्म रहने उल्लेख छ।