राष्ट्रिय लोक भजन चुड्का संस्कृति संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति काठमाण्डौको प्रथम अधिवेशन २०८१ सम्पन्न
काठमाडौं, २०६७ सालदेखि मौलिक तथा लोपोन्मुख बाजागाजा र भजन संस्कृतिको संरक्षणमा सक्रिय रहेको राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको काठमाडौं जिल्लाको पहिलो अधिवेशन शनिबार तारकेश्वर नगरपालिकाको ॐकारेश्वर मन्दिर परिसरमा ऐतिहासिक रुपमा सम्पन्न भएको छ।
यस अधिवेशनमा बाग्मती प्रदेशका बाह्र जिल्लाका अध्यक्षहरू, जसमा धादिङका निश्चल सिलवाल, ललितपुरका यदु प्रसाद दाहाल, सिन्धुलीका मिनाश्री लुङ्गेली, नुवाकोटका बिष्णु हरि फुयाल, मकवानपुरकी अनिता सुवेदी, काभ्रेपलान्चोकका कृष्ण तिमिल्सिना, र सिन्धुपाल्चोकका साजन पराजुली लगायतका प्रमुख सदस्यहरू सहभागी भएका थिए।
काठमाडौं जिल्लाका ११ नगरपालिकाबाट आएका सयौं प्रतिनिधिहरूको भेलाले तारकेश्वर नगरपालिकाका मुकुन्द घिमिरेको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति चयन गरेको छ।
कार्यसमितिमा उपाध्यक्षको रूपमा जनार्दन अधिकारी, महिला उपाध्यक्षको रूपमा चन्द्रकला घिमिरे, सचिवको रूपमा गोपाल बहादुर सिटौला, कोषाध्यक्षको रूपमा कालिका बानिया, सहसचिवको रूपमा कृष्ण प्रसाद शर्मा, र सहकोषाध्यक्षको रूपमा राम प्रसाद थपलिया चयन भएका छन्।
सदस्यको रूपमा धनराज पौडेल, हरिप्रसाद अधिकारी, गिरिराज अर्याल, मिना भण्डारी, भगवती बिडारी, सावित्री तिमल्सिना, उमा बिडारी, दुर्गा लामिछाने, जयन्ती रेग्मी, लोकनाथ देबकोटा, नेत्र कुमारी पान्डे, साबित्रा पाठक, पुरुषोत्तम अधिकारी, शारदा गजुरेल, उज्ज्वल मिश्र, कमला न्यौपाने, कमला लामा, सरस्वती उपाध्याय, निर्मला कट्टेल, राधिका तिमल्सिना, नबराज कोइराला, भिम बहादुर खनाल, र बिष्णु प्रसाद बन्जारा चयन भएका छन्।
यस कार्यक्रमको प्रमुख अतिथिको रूपमा चर्चित गायक नवीन पौडेल रहेका थिए। कार्यक्रममा काठमाडौं जिल्लाका उपाध्यक्ष धनराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो र विशिष्ट अतिथिहरूमा प्रतिष्ठानका केन्द्रिय सदस्य चन्द्रमणी गौतम, निर्वाचन मण्डलका संयोजक अधिवक्ता शम्भु नेपाल, र गोबिन्द नेपाल लगायत रहेका थिए।
प्रतिष्ठान नेपालका ५२ जिल्लामा फैलिएको छ र लोपोन्मुख बाजागाजा तथा भजन संस्कृतिको संरक्षणमा समर्पित छ। काठमाडौं जिल्ला अधिवेशनलाई ॐकारेश्वर भजन समूह, तारकेश्वर मन्दिर व्यवस्थापन समिति, र बशन्तपुर टोल सुधार समितिको विशेष सहयोग प्राप्त भएको थियो। सो अवसरमा विभिन्न भजन समूहहरूले आ-आफ्नो भजन प्रस्तुत गरे।